ताजा अपडेट

कार्यक्रम तातो बहस सञ्चालनका लागि दबाब स्वरुप स्थानिले गरे ध्याकर्षणपत्र पेश     |     कोरोना कहरसँगै धनगढीमा मल अभाव     |     बाजुरा क्वारेन्टाइनमा एक महिलाको मृत्यु, मृतकको स्वाब संकलन गरी धनगढी पठाईदै     |     माछा मार्ने क्रममा नदीमा बगेर बैतडीमा एक बृद्धको ज्यान गयो     |     नेपालमा कोरोना भाइरसविरुद्ध औषधि तयार, खाने झोलका रुपमा समेत उत्पादन गर्न डब्लुएचओको सुझाव     |     आरडीटी नेगेटिभ आएर फर्किएका सुर्खेतका युवकको मृत्यु, पिसिआर रिर्पोट पोजेटिभ     |     गत २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९ सय १२ पुग्यो     |     कैलालीका ५ जनाले जिते कोरोना, पुष्प गुच्छा सहित टिकापुर अस्पतालबाट डिस्चार्ज     |    

नेपालि भुमिमा अतिक्रमणः भारतिय दुतावासमा विरोध पर्दशन

बुधबार, २० कार्तिक २०७६    Capital Live News



नेपालि भुमिमा अतिक्रमणः भारतिय दुतावासमा विरोध पर्दशन

कार्तिक २० । 
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको भन्दै आज नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विरोध र्यालि निकालेको छ । 

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । 

जम्मूकश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरा तर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ ।

काठमान्डौको सुर्यविनायक चोकमा भएको आमसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको भूमि अतिक्रमण गर्दा पनि नेपाल सरकार केही नबोलेको भन्दै विरोध गर्नुभयो । उहाँले १९६१ मा नेपाल र चिनबिच भएको सम्झौतामा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै हो भनि भएको प्रमाण आफुहरुसँगै भएको दावि गर्नुभयो । 

कमल बिनायकबाट सुरु भएका र्यालि सुर्यबिनायक पुगेर आमसभामा परिणत भएको थियो । आफ्नो भूभाग अतिक्रमण गर्दा पनि नेपाल सरकार चुपलागेर बसेको भन्दै सरकारलाई सचेत गर्न र्यालि निकालेको सुवालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस