ताजा अपडेट

बझाङमा थप ६ जनामा कोरोना पुष्टि, जिल्ला भित्र संक्रमितको संख्या ७ पुग्यो     |     कार्यक्रम तातो बहस सञ्चालनका लागि दबाब स्वरुप स्थानिले गरे ध्याकर्षणपत्र पेश     |     कोरोना कहरसँगै धनगढीमा मल अभाव     |     बाजुरा क्वारेन्टाइनमा एक महिलाको मृत्यु, मृतकको स्वाब संकलन गरी धनगढी पठाईदै     |     माछा मार्ने क्रममा नदीमा बगेर बैतडीमा एक बृद्धको ज्यान गयो     |     नेपालमा कोरोना भाइरसविरुद्ध औषधि तयार, खाने झोलका रुपमा समेत उत्पादन गर्न डब्लुएचओको सुझाव     |     आरडीटी नेगेटिभ आएर फर्किएका सुर्खेतका युवकको मृत्यु, पिसिआर रिर्पोट पोजेटिभ     |     गत २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९ सय १२ पुग्यो     |    

सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठीलाई सिफारिस

सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो।

सोमबार, १८ कार्तिक २०७६    Capital Live News



सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठीलाई सिफारिस

कात्र्तिक १८ ।

सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो।

बैठकले सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठीलाई सिफारिस गरेको छ। यस्तै डडेल्धुराका गोविन्दप्रशाद कलौनीलाई कर्णाली प्रदेशका लागि सिफारिस गरिएको छ । यसअघि कलौनीलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिने चर्चा थियो। तर नेकपाले निर्णय गर्दा नाम टुङगो लगाएपनि प्रदेश टुङगो लगाएको थिएन् । सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ। त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश ५ मा धर्मनाथ यादवको नाम सिफारिस गरीएको छ।
 

प्रतिकृया दिनुहोस