ताजा अपडेट

स्वास्थ्यमा समस्या देखिएपछि धनगढीका एकजना कोरोना संक्रमित काठमाडौँ रेफर     |     बझाङमा थप ६ जनामा कोरोना पुष्टि, जिल्ला भित्र संक्रमितको संख्या ७ पुग्यो     |     कार्यक्रम तातो बहस सञ्चालनका लागि दबाब स्वरुप स्थानिले गरे ध्याकर्षणपत्र पेश     |     कोरोना कहरसँगै धनगढीमा मल अभाव     |     बाजुरा क्वारेन्टाइनमा एक महिलाको मृत्यु, मृतकको स्वाब संकलन गरी धनगढी पठाईदै     |     माछा मार्ने क्रममा नदीमा बगेर बैतडीमा एक बृद्धको ज्यान गयो     |     नेपालमा कोरोना भाइरसविरुद्ध औषधि तयार, खाने झोलका रुपमा समेत उत्पादन गर्न डब्लुएचओको सुझाव     |     आरडीटी नेगेटिभ आएर फर्किएका सुर्खेतका युवकको मृत्यु, पिसिआर रिर्पोट पोजेटिभ     |    

धनगढीमा आजदेखि लिटल फ्लावर क्रिकेट प्रतियोगिता सुरु हुँदै

धनगढी क्रिकेटको सहर भइसकेपछि विद्यालय स्तरीय प्रतियोगिता हुन आवश्यक रहेको आयोजकको भनाई ।

शनिबार, १६ कार्तिक २०७६    Capital Live News



धनगढीमा आजदेखि लिटल फ्लावर क्रिकेट प्रतियोगिता सुरु हुँदै

कैलाली कात्तिक १६ । 
धनगढीमा आजदेखि लिटल फ्लावर क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।आयोजक संस्कार क्रिकेट एकेडेमीले खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै सवै तयारी सकिएको जनाएको छ । संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले सवै तयारी सकेर प्रतियोगिताको उद्घाटनको तयारीमा बसेको बताए । उनले मैदान, पिच, सजावट लगायतका सबै काम सकिएको बताउँदै सहभागी टिमहरु पनि धनगढी पुगिसकेको र केही टिम खेल तालिका अनुसार धनगढी पुग्ने जानकारी दिए ।


शनिबारदेखि २६ गतेसम्म धनगढीकै संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 
विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए । धनगढी क्रिकेटको सहर भइसकेपछि विद्यालय स्तरीय प्रतियोगिता हुन आवश्यक रहेको उहाँको भनाई छ । 


यस्तै प्रतियोगिताको पुर्व सन्ध्यामा प्रतियोगिताको चौथो संस्करणको ट्रफी पनि सार्वजनिक गरिएको छ । शुक्रबार खेल मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य विक्रम विष्ट र  क्रिकेट संघकै सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेकाछन ।
 

प्रतिकृया दिनुहोस