डोटीको आदर्श गाँउपालिकाकी उपाध्यक्ष ओझाले गरिन चाडपर्व भत्ता नलिने घोषणा

२२ हजार पाँच सय नलिने घोषणा

मङ्गलबार, ०४ कार्तिक २०७७    क्यापीटल संवाददाता



डोटीको आदर्श गाँउपालिकाकी उपाध्यक्ष ओझाले गरिन चाडपर्व भत्ता नलिने घोषणा
तस्विर: उपाध्यक्ष कमला ओझा

डोटी, कार्तिक ०४ ।

आदर्श गाँउपालिकाकी उपाध्यक्षले चाडपर्ब खर्च बाफत पाउने रकम आफु नलिने बताएकी छन् ।

गाँउपालिकाकी उपाध्यक्ष कमला ओझाले चाडपर्व खर्च बापत पाउने रकम नलिने घोषणा गरेकी हुन् । कोरोना महामारीका कारण देशको अर्थतन्त्र कमजोर भएका बेला उनले चाडपर्व बापत पाउने रु २२ हजार पाँच सय नलिने घोषणा गरेकी हुन।

ओझाले सामाजिक सञ्जाल मार्फत रकम नलिने घोषणा गरेकी छिन्।

प्रतिकृया दिनुहोस