जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई चयन

जसपाका वरिष्ठ नेता रहेका भट्टराई पार्टीमा चौंथो वरियतामा छन् ।

मङ्गलबार, ०४ कार्तिक २०७७    Capital Live News



जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई चयन
तस्विर: डा. बाबुराम भट्टराई

काठमाडौं, कार्तिक ०४ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषदको अध्यक्षमा चयन भएका छन् । उनलाई आज जसपाले सर्वसम्मतले परिषदको अध्यक्षमा चयन गरेको हो ।

जसपाका वरिष्ठ नेता रहेका भट्टराई पार्टीमा चौंथो वरियतामा छन् । तर, उनी संघीय परिषदको अध्यक्ष चयन हुनुलाई अर्थपूर्ण मानिएको छ । पूर्व प्रधानमन्त्री भइसकेका भट्टराई प्रधानमन्त्री नभएका तीन नेताभन्दा वरियतामा तल बसेको भन्दै आलोचना समेत भएको थियो ।

प्रतिकृया दिनुहोस