नेपालमा थप ३०९३ जनामा कोरोना पुष्टि

कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना

मङ्गलबार, ०४ कार्तिक २०७७    Capital Live News



नेपालमा  थप ३०९३ जनामा कोरोना पुष्टि
फाइल तस्विर

धनगढी, कार्तिक ०४ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।

प्रतिकृया दिनुहोस