कैलाली प्रहरी प्रमुखमा देउवा

कैलाली प्रहरी प्रमुखमा दिलीप देउवालाई खटाइएको छ ।

सोमबार, ०३ कार्तिक २०७७    क्यापीटल संवाददाता



कैलाली प्रहरी प्रमुखमा देउवा
तस्विर: दिलीप देउवा

धनगढी, कार्तिक ०३।

कैलालीमा असई गोविन्द बिकको हत्या भएपछि प्रहरी प्रमुखमा दिलीप देउवालाई खटाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम शमशेर जबरालाई कोरोना पुष्टि भएपछि उनी काठमाडौँमा उपचाररत छन् ।

उनको ठाउँमा नायव उपरीक्षक प्रतीक विष्टले निमित्तको जिम्मेवारी सम्हालेका थिए । कैलालीमा प्रहरी नै असुरक्षित हुन थाले पछि दङ्गा नियन्त्रण प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक देउवालाई सोमवार देखि नै काजमा कैलाली खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताएका छन् । 

प्रतिकृया दिनुहोस