पछिल्लो २४ घण्टामा थपिए ४३९२ नयाँ संक्रमित, ३५२२ जना डिस्चार्ज

कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४०

शुक्रबार, ३० असोज २०७७    Capital Live News



पछिल्लो २४ घण्टामा थपिए ४३९२ नयाँ संक्रमित, ३५२२ जना डिस्चार्ज
फाइल तस्विर

काठमाडौँ, असोज ३० ।
पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन । योसंगै संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रतिकृया दिनुहोस