नेपालमा एकै दिन थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त

कोरोना जित्नेको संख्या ८४ हजार ५१८ पुग्यो

बिहिबार, २९ असोज २०७७    Capital Live News



नेपालमा एकै दिन थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त
फाइल तस्विर

काठमाडौं, असोज २९ ।

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८४ हजार ५१८ रहेको छ । कुल संक्रमित मध्ये ६९.४ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५९८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस