पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुग्यो

बिहिबार, २९ असोज २०७७    Capital Live News



पछिल्लो २४ घण्टामा  थप ३७४९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु
फाइल तस्विर

काठमाडौं, असोज २९ ।
नेपालमा कोरोना भाइरस संक्रमित संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ सय ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  ३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण भएको छ। बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। 

प्रतिकृया दिनुहोस