नेपाली बजारमा कति छ  सुनको मूल्य ?

चाँदिको मुल्यमा गिरावट

बिहिबार, २९ असोज २०७७    Capital Live News



नेपाली बजारमा कति छ  सुनको मूल्य ?
फाइल तस्विर

काठमाडौं, असोज २९ ।
नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ । बुधवार ९४ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाल सुन बिहीवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ । 
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी प्रति तोला १ हजार २ सय ५ रूपैयाँमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस