धनगढीमा ग्यास विष्फोट हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

बुधबार, २८ असोज २०७७    क्यापीटल संवाददाता



धनगढीमा ग्यास विष्फोट हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर
फाइल तस्विर

धनगढी, असोज २८।

धनगढी उपमहानगरपालिका–८ नवदुर्गा नजिकै हरिलाल विष्टको घरमा खाना पकाउने एलपी ग्यास विष्फोट हुँदा विष्ट सहित ३ जना घाईते भएका छन् । हरिलालका श्रीमती ६५ बर्षीया बिर्मा विष्ट र नातिनी १५ बर्षीया महेश्वरी विष्ट घाइते भएका छन् । प्रहरीका अनुसार बिर्मा बिस्टको अवस्था गम्भिर छ । उनीहरु तीनै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार अहिले भर्खरी ग्यास लिग भएर भएको विष्फोटमा ३ जना घाईते र भान्सा घरमा पूर्ण रुपमा क्षति भएको हो ।

प्रतिकृया दिनुहोस