कञ्चनपुरमा २ वर्षीय गाईको बाच्छीलाई करणी गरेको आरोपमा एकजना पक्राउ

मदिरा सेवन गरेर बाच्छीमाथि करणी

सोमबार, २६ असोज २०७७    क्यापीटल संवाददाता



कञ्चनपुरमा २ वर्षीय गाईको बाच्छीलाई करणी गरेको आरोपमा एकजना पक्राउ
फाइल तस्विर

कञ्चनपुर, असोज २६।

कञ्चनपुरमा गाईको बाच्छीको खुट्टा बाँधेर करणी गरेको अरोपमा एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका २६ वर्षीय वीरेन्द्र सार्की छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बडैपुरका २६ वर्षीय सार्कीलाई पक्राउ गरी पशुमाथि करणी गरेको कसुरमा अनुसन्धान थालिएको बताए ।

प्रहरीका अनुसार स्थानीय रमेश रोकायाको घर नजिक सार्कीले आइतबार राति करिब १ बजेतिर २ वर्षका बाच्छीको खुट्टा बाँधेर करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

स्थानीयले राति प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी झोलुङ्गेबाट खटिएको टोलीले सार्कीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी थापाका अनुसार सार्कीले मदिरा सेवन गरेर बाच्छीमाथि करणी गरेका थिए ।

पक्राउ परेका सार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस