कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सचेतकबाट शाहलाई हटाए

काम कारबाहीमा चुकेको भन्दै मुख्यमन्त्री शाहीले शाहलाई हटाए

सोमबार, २६ असोज २०७७    Capital Live News



कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सचेतकबाट शाहलाई हटाए
फाइल तस्विर

काठमाडौं, असोज २६ ।
नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । काम कारबाहीमा चुकेको भन्दै मुख्यमन्त्री शाहीले शाहलाई हटाएका हुन् । यसैगरी मुख्यमन्त्री शाहीले आजै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई हस्तान्तरण गरेका छन् ।

गत आइतबार मात्रै नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यसपछि  प्रदेश सरकारले मंगलबार का लागि संसदीय दलको बैठक बोलाएको छ ।
 

प्रतिकृया दिनुहोस