सरकार अछाम, बझाङ-बाजुरा भारी लाग्छन होला ?

सडकलाइ पनि मेरा टुहुरा भुरा भारी लाग्छन होला।

शुक्रबार, २३ असोज २०७७    क्यापीटल संवाददाता



सरकार अछाम, बझाङ-बाजुरा भारी लाग्छन होला ?
तस्विर: सौगात दिल साउद


खाना बाहेक अरु सबैकुरा भारी लाग्छन होला।
अल्छीलाइ आफ्नै पाखुरा भारी लाग्छन होला।


देशको तौल सजिलै हातमा खेलाइरहेछौ तैपनी।
सरकार अछाम बझाङ बाजुरा भारी लाग्छन होला।


लाए प्लास्टिकका नलाए खाली हात हिडेकी हुन।
मेरी आमालाई काँचका चुरा भारी लाग्छन होला।


ए छिमेकी तिम्रा घर आँगनलाइ मात्र भारी होइन।
सडकलाइ पनि मेरा टुहुरा भुरा भारी लाग्छन होला।


कहा, के, कति, कसरी हुन्छ लागी परेका हुन्छन्।
स्वार्थी लाई नभए स्वार्थ पुरा भारी लाग्छन् होला।
सौगात दिल साउद (गजल)

प्रतिकृया दिनुहोस