राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा  एकेन्द्र कुवँर पुनः नियुक्त

कुवँरको नियुक्ति संगै सुदूरपश्चिमको खेलकुदमा अझै विकास हुने अपेक्षा

शुक्रबार, २३ असोज २०७७    क्यापीटल संवाददाता



राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा  एकेन्द्र कुवँर पुनः नियुक्त
एकेन्द्र कुवँर

काठमाडौं, असोज २३ ।
शुक्रबार बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा  एकेन्द्र कुवरलाई पनः नियुक्त गरेको छ । सुदूरपश्चिमको विकट क्षेत्र अछाम घर भई खेलकुद र समाज सेवा गर्दै आएका कुवर बोर्ड सदस्यमा नियुक्त भएका हुन ।  लामो समय देखी खेलकुद क्षेत्र तथा समाज सेवामा सक्रिय व्यक्ति कुवर बोर्ड सदस्यमा दोस्रो पटक नियुक्त भएका हुन । 

४ वर्षे कार्यकाल सकिएका कुवरले यस अघिको कार्यकालमा सुदूरपश्चिमको खेलकुदमा गरेको विकास र योगदानका कारण उनले फरी पुनः नियुक्ति पाएका हुन । सधै खेलकुदको विकास र समाज सेवामा व्यस्त रहने कुवरले दोस्रो कार्यकालका लागि नियुक्ति पाउदा सुदूरपश्मिको खेलकुद क्षेत्रमा अझै विकास हुने अपेक्षा गरिएको छ । यस अघि केन्द्रिय सदस्य रहेका कुवरले सुदूरपश्चिमको खेलकुदमा गरेको विकासले नै उनलाई फेरी दोस्रो कार्यकालका लागि बोर्ड सदस्यमा नियुक्ति हुने अवसर दिएको हो । 

प्रतिकृया दिनुहोस