बैतडी: नदी किनारमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

महिलाको शरिरमा घाउहरु

सोमबार, १२ असोज २०७७    टेक सिँह धामी



बैतडी: नदी किनारमा अर्धनग्न अवस्थामा महिलाको शव फेला
तस्विर : शव

बैतडी,  असोज १२।

अर्धनग्न अवस्थामा बैतडीमा एक महिलाको शव फेला परेको छ । हिजो दिउँसो दशरथचन्द नगरपालिका ६ सेरानजिक चौलानी नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो । मृतक महिलाको परिचय खुल्न सकेको छैन बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । एक हप्ता अगाडी महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरी निरीक्षक चन्दले शव सड्न लागेको अवस्थामा रहेको बताए । अर्धनग्न अवस्थामा शब भेटिएकी महिलाको शरिरमा घाउहरु रहेका छन् । ती महिलाको चौलानी नदीमा बगेर मृत्यु भयो कि कसरी भयो भन्ने खुल्न सकेको छैन् । शरिरको माथिल्लो भागमा रातो बुट्टा भएको सुट र घाँटीमा रातो पोते लगाएको छ । मृतकको शव जिल्ला अस्पतालको शव परीक्षण गृहमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिकृया दिनुहोस