अनौठो जातको बाख्रा, जुन फल खान रुखमा चढ्ने गर्छन्

बाख्रा पाल्ने किसानले मल बेचेरै करोडौँ कमाउने

बिहिबार, ०८ असोज २०७७    Capital Live News



अनौठो जातको बाख्रा, जुन फल खान रुखमा चढ्ने गर्छन्
तस्विर: मोरक्कोमा पाइने बाख्रा

एजेन्सी, असोज ०८​। 

हामिले रुखमा बाँदर, लोखर्के, चितुवा चढेको देखेका र सुनेका छौं । तर के तपाइले बाख्रा रुखमा चढेको सुन्नुभएको छ । हामिलाई थाहाँ छ ? बाख्रा जमिनमा मात्र दौडन र हिड्न सक्छ । 

तपाईलाई पत्यार नलाग्ला ! तर यस्तो बाख्रा पनि हुन्छ, जुन रुखमा चढ्न सक्छ । रुखमा चढ्ने यो अनौठो बाख्राको जाति अफ्रिकी देश मोरक्कोमा पाइने गर्छ । यी बिशेष जातिका बाख्राले रुखमा चढेर नै फलहरु खाने गर्छन् । भोक लागेमा बाख्राहरु रुखमा चढेर भोक मेटाउने गर्छन् । तपाईलाई थाहाँ छ यो बाख्राको मल अर्थात बड्कौँला निकै महँगो हुन्छ । 

यो जातिका बाख्रा पाल्ने किसानले मल बेचेरै करोडौँ कमाउने गर्छन् । अल्जेरियाका केही क्षेत्रमा पाइने आर्गन नामको वनस्पती यी बाख्राले धेरै नै मन पराउने गर्छन् । यस वनस्पती बाख्राले खान्छन् तर बिज पचाउन सक्दैनन् । 

किसानले बाख्राको मलबाट पचाउन नसकेको उक्त बिज  छुट्टाउने गर्छन् । यस बिजबाट तेल पनि निकाल्ने गरिन्छ । यसको तेल कस्मेटिक उद्योगमा महँगोमा बिक्रि हुने गर्छ । 
 

प्रतिकृया दिनुहोस