नेपाल कम्युनिष्ट पार्टी धनगढी नगर इन्चार्ज रावल द्वारा रक्तदान

मानवीय धर्म कहिल्यै नछाड्ने

बुधबार, ०७ असोज २०७७    क्यापीटल संवाददाता



नेपाल कम्युनिष्ट पार्टी धनगढी नगर इन्चार्ज रावल द्वारा रक्तदान
तस्विर: रक्तदान कार्यक्रम

धनगढी, असोज ०७।

अखिल (क्रान्तिकारी)को आयोजनामा कैलालीको धनगढीस्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भइरहेको बेला अखिल (क्रान्तिकारी) कैलालीले रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर इन्चार्ज अनमोलले रक्तदान गरेका छन्। उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुबास किरण जोशी, पार्टी नेता सरोज, युवा संगठन नेपाल कैलालीका अध्यक्ष बिष्णु देवकोटा, संगठनको जिल्ला सचिव महेश पातलीलगायतले समेत रक्तदान गरेका छन् ।

कोरोना महामारीका बेला भएको रगत अभावलाई केन्द्रित गरेर अखिल (क्रान्तिकारी)ले देशब्यापी रक्तदान कार्यक्रम गरिरहेको जिल्ला अध्यक्ष सुबास किरण जोशीले जानकारी दिएका छन् । सरकारले नेकपाका नेता र विद्यार्थी संगठनका नेता काकार्यकर्ताहरुलाई समेत गिरफ्तार गर्ने, नभएका आरोप लगाएर कारागार चलान गरिरहे पनि आफ्नो संगठनले मानवीय धर्म कहिल्यै नछाड्ने नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर इन्चार्ज अनमोलले बताए। रक्तदान गर्ने रक्तदाताहरुलाई प्रसंशापत्र समेत बितरण गरेको र संगठन उद्धार तथा रचनात्मक कार्यमा अग्रसर रहेको क्रान्तिकारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस