बाढीले जीप बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

खोलामा पानीको बहाव भएकोले खोजतलास गर्न समस्या

बुधबार, ०७ असोज २०७७    रासस



बाढीले जीप बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता
फाइल तस्विर

कपिलवस्तु, असोज ०७।

कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो । वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ ।

नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए । घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस