थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

२४ घण्टामा थप ७ जनाको मृत्यु

बुधबार, ०७ असोज २०७७    क्यापीटल संवाददाता



थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज
फाइल तस्विर

काठमाडौँ, असोज ७। 

नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ९ हजार ४४९ जनाको पिसीआर परीक्षण भएकामा ११७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

प्रवक्ता डा गौतमका अनुसार आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ रहेको छ । गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

प्रतिकृया दिनुहोस