बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

४५ वर्षीय जयबहादुर राई पक्राउ

बुधबार, ०७ असोज २०७७    रासस



बुहारी बलात्कार गर्ने ससुरा पक्राउ
फाइल तस्विर

भोजपुर, असोज ०७।

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो। 

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ। प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ। 

प्रतिकृया दिनुहोस