कैलालीमा बलात्कारको आरोपमा गाउँपालिका अधिकृत पक्राउ

जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्याय पक्राउ

आइतबार, ०४ असोज २०७७    क्यापीटल संवाददाता



कैलालीमा बलात्कारको आरोपमा गाउँपालिका अधिकृत पक्राउ
तस्विर: जिल्ला प्रहरी कार्यालय

धनगढी, असोज ४।

कैलालीमा महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले विभिन्न डर धम्की देखाएर बलात्कार गर्ने गरेको आरोप ती महिला कर्मचारीले लगाएकी छन्। 
 

प्रतिकृया दिनुहोस