सुदूरपश्चिममा १९ जनालाई विभूषण (नामावलीसहित)

सरकारले संविधान दिवसमा सम्मान गर्दै

शनिबार, ०३ असोज २०७७    Capital Live News



सुदूरपश्चिममा १९ जनालाई विभूषण (नामावलीसहित)
फाइल तस्विर

काठमाडौं , असोज ०३।

सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । ती मध्ये सुदूरपश्चिम प्रदेशका १९ जना समेटिएका छन् । 

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।यस पटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । 

सुप्रबल जनसेवा श्री (तृतीय )

बाजुराका लेखक दयाल बहादुर शाही

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय  प्रदेश सचिव किशोर कुमार चौधरी

स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थि

प्रबल जनसेवा श्री (चतुर्थ) 

बाजुरा बुढिनन्दा नगरपालिका उपमेयर सृष्टि रेग्मी

सामाजिक विकास मन्त्रालय धनगढीका उपसचिव झंकर बहादुर विष्ट

सुदूरपश्चिम प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण महेन्द्रनगर कञ्चनपुरका प्रहरी उपरीक्षकजनक राज पाण्डे 

प्रहरी  जिल्ला प्रहरी कार्यालय दार्चुला नायव उपरीक्षक पदम बहादुर विष्ट

सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशी

जिल्ला अस्पताल बाजुरा मेडिकल अधिकृत डा. रुचचन्द्र बिश्वकर्मा 

जिल्ला प्रशासन कार्यालय बाजुराका शाखा अधिकृत रामबहादुर सार्की  

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासन अधिकृत शिवराज जोशी

स्वास्थ्य कार्यालय कैलाली स्वास्थ्य अधिकृत लाल बहादुर धामी

जनसेवा श्री (पञ्चम)

नन्दसिंह सार्की, समाजसेवी, बेदकोट नगरपालिका ३ कञ्चनपुर

दिलिपराज भट्ट, आयोजनाबिज्ञ, धनगढी ५ तारानगर कैलाली 

जंगबिर सुनार, नायब सुब्बा, जिल्ला हुलाक कार्यालय बाजुरा 

तेज बहादुर खट्का, खरिदार, जिल्ला प्रशासन कार्यालय डोटी 

समाज सेवा रत्न

प्रकाश बहादुर साउन, समाजसेवी, डडेल्धुरा

नेपाल प्रताप सुभूषण

ददिराम न्यौपाने, प्रहरी नायव उपरीक्षक, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा

सुरेश बहादुर पुन, कन्तिरक्षा गण, बरैपुर कैलाली ,

 

 

प्रतिकृया दिनुहोस