सीमा क्षेत्रमा चिनियाँ र भारतीय सेना भिडेको भिडियो बाहिरियो

युट्युबमा पनि सार्वजनिक

शुक्रबार, २६ भदौ २०७७    Capital Live News



सीमा क्षेत्रमा चिनियाँ र भारतीय सेना भिडेको भिडियो बाहिरियो
तस्विरः भिडियोबाट

काठमाडौ, भदौ २६ ।
सीमामा केहीअघि चिनियाँ र भारतीय सेनाबीच भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । यो सीमामा चिनियाँ र भारतीय दुवै सेनाले हतियार चलाउन पाउँदैनन् । त्यही भएर उनीहरुबीच मुक्काबाजी भएको थियो । अब सीमा क्षेत्रमा एक नदीको छेउमा चिनियाँ र भारतीय सेनाबीच भएको झडपको भिडियो बाहिर आएको छ ।

चिनियाँ सामाजिक सन्जालमा निकै भाइरल भएको यो भिडियो अब विभिन्न च्यानलले युट्युबमा पनि सेयर गर्न थालेका छन् । चिनियाँ मोबाइलबाट खिचिएको हुनसक्ने यो भिडियोमा प्रष्ट रुपमा दुई देशका सेना भिडेको देख्न सकिन्छ । 

भिडियो


प्रतिकृया दिनुहोस