आजको मौसमः देशका यी स्थानमा ठुलो पानी पर्ने सम्भावना

मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित

मङ्गलबार, ०२ भदौ २०७७    Capital Live News



आजको मौसमः देशका यी स्थानमा ठुलो पानी पर्ने सम्भावना
फाइल तस्विर

काठमाडौं, साउन ०२ ।
मंगलबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखी मध्यम पानी पर्ने सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहेको छ । 

आज   वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेशका केही स्थानको मौसममा बदली भई हल्का पानी परिरहेको छ । आज दिउँसोपछि पनि देशका केही स्थानमा मात्र हल्कादेखी मध्यम पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 
  
त्यस्तै आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।  देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस