विभिन्न प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि

संक्रमितको संख्या ५ हजार २१ पुग्यो

आइतबार, ३२ साउन २०७७    क्यापीटल संवाददाता



विभिन्न प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि
फाइल तस्विर

धनगढी, साउन ३२ ।
पछिल्लो २४ मा  विभिन्न प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीमा गरिएको परिक्षणमा आज २४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताका सूचना अधिकारी दीलिप कुमार श्रेष्टले जानकारी दिए । त्यस्तै  ह्याम्पस अस्पताल काठमाडौँको प्रयोगशालामा कञ्चनपुरका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका दुई गरी तीन जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार २१ पुगेको छ।  

प्रतिकृया दिनुहोस