नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६,६६० पुग्यो

नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु

आइतबार, ३२ साउन २०७७    क्यापीटल संवाददाता



नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६,६६० पुग्यो
फाइल तस्विर

धनगढी, साउन ३२।

नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस