हत्या गरी फालिएको अवस्थामा युवकको शव जलकुम्भि झारमा भेटियो

घटना बारे प्रहरीले अनुसन्धन गर्दै

आइतबार, ३२ साउन २०७७    Capital Live News



हत्या गरी फालिएको अवस्थामा युवकको शव जलकुम्भि झारमा भेटियो
तस्विरः मृत भेटिएका युवक

रौतहट, साउन ३२ ।

धारिलो हतियार प्रयोग गरी रौतहटमा एक युवकको हत्या गरिएको छ। स्थानीयले उनको शव आइतबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका हुन । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ स्थित जिगडियाटोलका १७ वर्षीय निरन्जन राम चमारको हत्या भएको स्थानीयले बताएका छन् ।

तालिम प्राप्त कुकुरसहित प्रहरी बिहानै घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । शव धानखेत नजिकै रहेको पानी जमेको जलकुम्भि झारमा फेला परेको प्रहरीले जनाएको छ। ती युवकको गाउँदेखि करीब तीनसय मिटर टाढा शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महत्तोले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस