विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या  ७ लाख ५१ हजार नाघ्यो

संक्रमितको संख्या २ करोड ७ लाख ३० हजार ४५६

शनिबार, ३१ साउन २०७७    Capital Live News



विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या  ७ लाख ५१ हजार नाघ्यो
फाइल तस्विर

एजेन्सी, साउन ३१ ।
विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ५१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ५१ हजार १५४ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म संक्रमितको संख्या २ करोड ७ लाख ३० हजार ४५६ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस