अवैध मदिरा ओसार्दै गर्दा शिक्षक समातिए, १५ हजार बराबरको मदिरा बरामद

मदिराका कारण सामाजिक अस्थिरता पैदा

शुक्रबार, ३० साउन २०७७    क्यापीटल संवाददाता



अवैध मदिरा ओसार्दै गर्दा शिक्षक समातिए, १५ हजार बराबरको मदिरा बरामद
तस्विरः शिक्षकबाट मदिरा बरामद

धनगढी  साउन, ३०।(टेक सिँह धामी)

अवैध मदिरा ओसारपोसार गर्दैगर्दा एक शिक्षक समातिएका छन् । बैतडीको सिगास गाउपालिका वडा नँ ६ नौलो प्राबि मा कार्यरत शिक्षक राजेन्द्र साउद अवैध मदिरा ओसारपोसार गर्दैगर्दा समातिएका छन् । सिगास गाउँपालिका  वडा नम्बर ६ लाइ मदिरा निषेधित वडाघोषित गरिएपनि अवैध रुपमा मदिरा ओसारपोसार गर्ने क्रम भने रोकिएको छैन।

बझाङ बाट मदिरा ल्याउदै गर्दा  मोरीबगर नजिक सिगास समाज सुधार समिति र महादेब युवा संञ्जालका महिलाहरुले शिक्षक साउदबाट १५ हजार बराबरको अवैध मदिरा बरामद गरिएको महादेब युवा संञ्जालले क्यापिटल लाइभलाई जानकारि दिएको छ।  

मदिराका कारण सामाजिक अस्थिरता पैदा हुने यसको न्युनिकरणका लागि सिगास वडा नम्बर ६ मा मदिरा पुर्णरुपमा निशेध गर्न महिला तथा युवा समुह सक्रिय रुपमा लागिरहेका छन्। यसअघि वडा कार्यालयले समेत मदिरा ओसारपोसार तथा बेचबिखनमा रोक लगाइएको थियो। सिगास गाउँपालिकाले मदिरा निशेध गर्ने भने पनि कार्यन्वयन नहुदा, शिक्षक जस्तो जिम्मेवार ब्यक्तिले नै यस्तो कार्य गर्दा दु: ख ब्यक्त गर्छन  सिगासका स्थानीय।

प्रतिकृया दिनुहोस