५०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्ला

शुक्रबार, ३० साउन २०७७    Capital Live News



५०० भन्दा बढी कोरोना संक्रमित भएका   जिल्ला
फाइल तस्विर

काठमाडौँ, साउन ३० ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।  मन्त्रालयका अनुसार चार जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । पर्सा, महोत्तरी, रौतहट र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित रहेका छन् । 

प्रतिकृया दिनुहोस