देशभर थप ५९४ जनामा कोरोना पुष्टिः संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो

सातै प्रदेशका ३९ प्रयोगशालामा पीसीआर परीक्षण हुँदै

शुक्रबार, ३० साउन २०७७    क्यापीटल संवाददाता



देशभर थप ५९४ जनामा कोरोना पुष्टिः संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो
फाइल तस्विर

काठमाडौं, साउन ३० ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण भएको छ। 

नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्। पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएका छन्। योसँगै नेपालमा १७ हजार ७७ जनाले कोरोना जितेको छन्।  सातै प्रदेशका ३९ प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएको छ।  

प्रतिकृया दिनुहोस