रुसले कोभिड–१९ को खोप बनाएको दाबी

मङ्गलबार, २७ साउन २०७७    Capital Live News



रुसले कोभिड–१९ को खोप बनाएको दाबी

साउन २७, मस्को (रुस) ।

रुसले कोरोना भाइरसको संक्रमणविरोधी विश्वकै पहिलो खोप बनाएको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिले यस्तो बताएका हुन् । खोप आफ्नी एक छोरीले लगाएको समेत उनले बताए । 

खोपको क्लिनिकल परीक्षण २ महीनाभन्दा कम समयमै पूरा भएको, खोप दर्ता भइसकेको र तेस्रो चरणको परीक्षण बुधवारदेखि शुरु हुने बताइएको छ । यो परीक्षणमा संयुक्त अरब इमिरेट्स, फिलिपिन्स र साउदी अरबलगायत देश सहभागी हुँदैछन् । अनुसन्धाताहरुले अहिलेसम्म परीक्षणको डेटा सार्वजनिक गरेका छैनन् । 

त्यसैले खोपको दीर्घकालीन प्रभाव र सुरक्षालगायतका कुराहरु अस्पष्ट छ । रुसले कोभिड–१९ विरुद्धको खोप विकासमा तीव्र रुपमा काम गर्दै आएको थियो । 

खोप केही साताभित्रै सर्वसाधरणको प्रयोगका लागि उपलब्ध हुने छ । आगामी वर्ष भने दशौं लाख मानिसको लागि प्रयोग गर्न मिल्ने गरी खोपको उत्पादन हुने बताइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस