पूजा शर्माले दिइन् कलाकार संघमा प्रकाश सुवेदीविरुद्ध  उजुरी

‘रजतपट अंकल’ कार्यक्रममार्फत आफ्नो मानहानी गरेको आरोप

आइतबार, २५ साउन २०७७    Capital Live News



पूजा शर्माले दिइन् कलाकार संघमा प्रकाश सुवेदीविरुद्ध  उजुरी
तस्विरः उजुरी दिदै

काठमाडौं, साउन २५ ।
कलाकार पूजा शर्माले रंग पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । पत्रकार प्रकाश सुवेदीले ‘रजतपट अंकल’ कार्यक्रममार्फत नायिका पूजालाई इंगित गर्दै ‘दाह्रा निस्किएको अनुहारलाई महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेको विषयमा उजुरी दिएकी हुन् । पूजाले पत्रकार सुवेदीले दिएको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दर्ता गराएकी हुन् ।

संघका उपाध्यक्ष मोहन निरौलाले पूजाले आज (आइतवार) उजुरी दिएको बताए । ‘चलचित्र कलाकार संघमा उजुरी दिनुभएको छ, भोलि हामी छलफल गर्छौं,’ उनले खबरहबसँग भने ।

प्रतिकृया दिनुहोस