सुनको भाउ घट्यो, तोलाको कति ?

चाँदीको मृख्य कति ?

आइतबार, २५ साउन २०७७    Capital Live News



सुनको भाउ घट्यो, तोलाको कति ?
फाइल तस्विर

काठमाडौं, साउन २५ ।
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा ९ सय रुपैयाँको गिरावट आएको छ ।

निरन्तर उकालो चढ्दै गएको सुनको मूल्य आइतवार घट्दै प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

 नेपाल सुनचाँदी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १  लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आइतवार तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रतितोला १ लाख ३ हजा र रुपैयाँमा कारोबार भएको थियो ।  आइतवार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।  

प्रतिकृया दिनुहोस