डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि

योसंगै कुल संक्रमितको संख्या ४ हजार ९ सय १२ पुग्यो

शनिबार, २४ साउन २०७७    क्यापीटल संवाददाता



डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि
फाइल तस्विर

धनगढी, साउन २४ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ३ जनामा कोरो संक्रमित थपिएका छन । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको  परीक्षणमा ३ जनामा कोरोन पुष्टि भएको हो ।।  ३ सय ७८ जनाको स्वाब परीक्षण गरिएकोमा ३ जना केदारस्यू गाउँपालिका–६ का २२, २३ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिनुभयो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय १२ पुगेको छ।

प्रतिकृया दिनुहोस