कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ

सोमबार, १९ साउन २०७७    Capital Live News



कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ
फाइल तस्विर

काठमाडौं, साउन १९ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई हराउन सक्ने निश्चित उपचार कहिले पनि नभेटिन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले एक भर्चुअल कन्फ्रे न्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेसम्म यो भाइरसको लागि कुनै निश्चित उपचार उपलब्ध छैन र कहिले पनि उपलब्ध नहुन पनि सक्छ ।’
ठीक एक दिनअघि मात्र डब्ल्यूएचओले अझै लामो समयसम्म कोरोना भाइरसको महामारी कायम रहन सक्ने बताएको थियो । यद्यपि अहिले विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणको काम भइरहेको छ । साथै यसको परीक्षण पनि भइरहेको छ । यद्यपि अहिलेसम्म कुनै निश्चित खोप बजारमा भने आएको छैन । अहिले अमेरिका, बेलायत र चिनियाँ कम्पनीले निर्माण गर्दै गरेको खोपको अन्तिम चरणको परीक्षण चलिरहेको छ । स्रोतः बीबीसी

प्रतिकृया दिनुहोस