पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ

संस्था दर्ता गरी विजनेस पार्टनर बनाउने  भन्दै ठगेको खुलासा

सोमबार, १९ साउन २०७७    Capital Live News



पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ
तस्विरः आरोपी अमेरिकन नागरिक

काठमाडौं, साउन १९ ।
काठमाडौंको क्षेत्रपाटीबाट ठगीको आरोपमा एकजना अमेरिकी नागरिक पक्राउ परेका छन् । अमेरिकामा संस्था दर्ता गरी विजनेस पार्टनर बनाउने आश्वासन दिएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा अमेरिकी नागरिक ६५ वर्षीय डेनियल ली मेक्गीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेक्गीले कोटेश्वरमा रहेको टुकनारायण श्रेष्ठको ‘एटलस सेक्युरेटि प्रालि’लाई अमेरिकामा दर्ता गरी पार्टनरसीप बनाउने आश्वासन दिएर ठगी गरेको प्रहरीले जनाएको छ ।
सुजन थापा र सन्दीप कार्कीलाई समेत विजनेस भिषामा अमेरिका लैजान्छु भन्दै प्रति व्यक्ति ५ लाख रुपैयाँ ठग्ने प्रयास गरिरहेकै समयमा उनलाई आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेक्गी पर्यटकको रुपमा नेपाल आएका हुन् ।

प्रतिकृया दिनुहोस