सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक

धनगढीस्थित प्रयोगशालामा भएको परिक्षणमा २० जना थपिए

सोमबार, १९ साउन २०७७    क्यापीटल संवाददाता



सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक
फाइल तस्विर

धनगढी, साउन १९ ।
सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगंज, सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा आज ६४ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३५ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा कैलालीका एकजनामा संक्रमण देखिएको उनले बताए । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १६२ नमुनामध्ये २० जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । सोमबार कोरोना पुष्टि भएका ६ जना महिला र १४ जना पुरुष रहेका छन ।

अस्तालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  अछामको साफेबगर नगरपालिकाका २ महिला र २ जना पुरुष, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का ३ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरी  कञ्चनपुरको कृष्णपुर नगरपालिकाका महिला र पुरुष एक एक जा, भिमदत्त नगरपालिकाका ३ जना पुरुष र बेदकोट नगरपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार आठ सय चार पुगेको छ।

प्रतिकृया दिनुहोस