उद्योगमन्त्री भट्टलाई बझाङ्गी युवाको धम्कीः फोन गरेरै भने, ‘एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ’

किन पढ्नुपर्याे पास नगर्ने भनेसि नगर्ने

बिहिबार, १५ साउन २०७७    Capital Live News



उद्योगमन्त्री भट्टलाई  बझाङ्गी युवाको धम्कीः  फोन गरेरै भने, ‘एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ’
फाइल तस्विर

काठमाडौं, साउन १५ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् ।
अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ ।’

‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नु भएको छ, भनेँ, किन पढ्नुपर्याे पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भने’ मन्त्री भट्टले थपे ।

नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उनले बताए । ‘हाम्रो प्रवृत्ति भित्र के छ भन्ने नबुझी, नहेरी सुनी सुनाईका कुरामा गइराछ’ उनले भने ।

प्रतिकृया दिनुहोस