कैलालीमा तीन दिनदेखि वेपत्ता २२ बर्षीया युवती मृत फेला

उनको शव झाडीमा उक्तानो अवस्थामा शव भेटिएको हो

मङ्गलबार, १३ साउन २०७७    क्यापीटल संवाददाता



कैलालीमा तीन दिनदेखि वेपत्ता २२ बर्षीया युवती मृत फेला
तस्विरः मृत युवती

धनगढी, साउन १३ ।
कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती मृत फेला परेकी हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले नहर किनारमा रहेको झाडीमा उक्तानो अवस्थामा शव भेटिएको बताए।

‘११ गतेदेखि उनी वेपत्ता रहेको जानकारी आएको छ,’ प्रहरी नायव उपरिक्षक विष्टले भने, ‘मृत अवस्थामा फेला परेपछि मृतकका श्रीमान ओम साउदसंग सोधपुछ भईरहेको छ। अहिले नै के-कसरी मृत्यु भयो भन्न सकिदैन्।’ यता मृतकका माईती पक्षले भने लक्ष्मीको हत्या नै भएको आरोप लगाएका छन्। 

प्रतिकृया दिनुहोस