ताजा अपडेट

सुदूरपश्चिममा देखियो सुत्केरी महिलालामा कोरोना, संक्रमित महिला भारतबाट आएको पुष्टि     |     नेपालमा कोरोनाका संक्रमणबाट थप एकको मृत्यु, देशभर मृतकको संख्या १२ पुग्यो     |     स्वास्थ्यमा समस्या देखिएपछि धनगढीका एकजना कोरोना संक्रमित काठमाडौँ रेफर     |     बझाङमा थप ६ जनामा कोरोना पुष्टि, जिल्ला भित्र संक्रमितको संख्या ७ पुग्यो     |     कार्यक्रम तातो बहस सञ्चालनका लागि दबाब स्वरुप स्थानिले गरे ध्याकर्षणपत्र पेश     |     कोरोना कहरसँगै धनगढीमा मल अभाव     |     बाजुरा क्वारेन्टाइनमा एक महिलाको मृत्यु, मृतकको स्वाब संकलन गरी धनगढी पठाईदै     |     माछा मार्ने क्रममा नदीमा बगेर बैतडीमा एक बृद्धको ज्यान गयो     |    

खुटिया–दीपायल फाष्ट ट्रयाकका लागि वन प्रयोग गर्न दिने सरकारको निर्णय

शुक्रबार, १७ जेठ २०७६    Capital Live News



खुटिया–दीपायल फाष्ट ट्रयाकका लागि वन प्रयोग गर्न दिने सरकारको निर्णय

धनगढी, १७ जेठ । 

    सरकारले खुटिया–बीपीनगर–दीपायल फाष्ट ट्रयाकका लागि वन प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले फाष्ट ट्रयाकका लागि वन प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।
    रुख कटानको अनुमति नपाउँदा फाष्ट ट्रयाकको काम दशकदेखि अल्झिएको थियो । रुख कटानको अनुमति पाएसँगै काम अगाडि बढ्ने आशा बढेको छ । रुख भएका क्षेत्रमा ट्रयाक खोल्ने कामसमेत पुरा भएको थिएन ।
    सरकराले बुधबार सार्वजनिक गरेको बजेटमा पनि खुटियादेखि उरई भञ्ज्याङ सडक (२९२ किमी) निर्माणको योजना समावेश गरिएको छ । यो सडकले खुटिया–दीपायल–चैनपुर–उरई भञ्ज्याङ हुदै तिब्बतको ताक्लाकोट जोड्नेछ । 
यो सडकमा खर्च गर्नसक्ने क्षमताका आधारमा सरकारले बजेट छुट्याउने जनाएको छ । भूगोल सहज, कम लागत र दूरी कम भएका कारण उत्तर दक्षिण लोकमार्गका रुपमा यो नाका स्थापित हुनेछ ।
खुटिया–दीपायल सडकको ट्रयाक खोल्ने कार्य ९ वर्षअघि शुरु भए पनि पुरा भएको छैन । डिभिजन वन कार्यालय कैलालीले फाष्ट ट्रयाकमा अनुमति विनै ढालिएका रुखको क्षतिपूर्ति माग गर्दै क्षतिपूर्ति नदिएसम्म रुख कटानको अनुमति नदिन विभागमा सिफारिस गरेको थियो । 
३९ वटा रुख ढालेर गायब पारिएको भन्दै वनले फाष्ट ट्रयाक आयोजना कार्यालयसँग १० लाख ८६ हजार रुपैयाँ क्षतिपूर्ति असुल्न वन विभागलाई पत्राचार गरेको थियो । ट्रयाक खोल्ने क्रममा डोजरले ढालेर गायब पारिएका रुखको क्षतिपूर्ति नपाएसम्म फाष्ट ट्रयाकको काम अगाडि बढाउने अनुमति नदिन विभागलाई सिफारिस गरिएको थियो ।
वन कार्यालयका अनुसार करिब दुई वर्षयता राष्ट्रिय वन क्षेत्रमा पर्ने ३४ वटा र सामुदायिक वन क्षेत्रमा पर्ने ५ वटा रुख डोजरले ढालेर गायब पारिएको भेटिएको थियो । सडक विभागअन्तर्गत निर्माणाधिन खुटिया–दिपायल फाष्ट ट्रयाक धनगढी–दिपायल जोड्ने छोटो मार्ग हो । 
 संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेर पुनः आफै लिएको यो आयोजनाको काम केही समयदेखि ठप्प छ । भीमदत्त राजमार्गभन्दा आधा कम दुरी रहेको र थुप्रै गाउँ सडक सञ्जालसँग जोडिने भएकाले फाष्ट ट्रयाकलाई दु्रत गतिमा अगाडि बढाउनु पर्ने माग यहाँका स्थानीयले गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस