१४ दिनमात्र क्वारेन्टाइनमा बसेर पुग्दैनः स्वास्थ्य मन्त्रालय

शनिबार, २२ चैत २०७६    Capital Live News



१४ दिनमात्र क्वारेन्टाइनमा बसेर पुग्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, चैत २२ ।
स्वास्थ्य मन्त्रालयले १४ दिनमात्र क्वारेन्टाइनमा बसेर नपुग्ने बताएको छ। शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले १४ दिन क्वारेन्टाइनमा बसेर नपुग्ने बताएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १४ दिन क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएको भन्दै यसको अवधि लम्बाउनु पर्ने बताए।

 

क्वारेन्टाइनमा १४ दिन बसिसकेको अवस्थामा तपाईंहरू अझ पनि बस्नुपर्ने हुन्छ, उनले भने,यो लकडाउनको स्थितिमा हामी पनि एक खालको क्वारेन्टाइनमा भएको अवस्था छ। हामीले देखेअनुसार अहिले १४ दिन कटिसकेकोलाई पनि पोजिटिभ देखिएको छ।

उनका अनुसार १४ दिन क्वारेन्टाइनमा बसेर पनि पोजिटिभ देखिएको हुँदा त्यसको अवधि बढाउनुपर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस