धनगढीका कोरोना संक्रमित परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ

परिवारका दुई सदस्यको रिपोर्ट पोजेटिभ

शनिबार, २२ चैत २०७६    क्यापीटल संवाददाता



धनगढीका कोरोना संक्रमित परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ

धनगढी, चैत २२ ।
धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।

दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका १० जना परिवारका सदस्यको तीन दिन अगाडि नमूना संकलन भएको थियो।

 

१० जनामा सात जनाको नेगेटिभ, एक जनाको पोजेटिभ र बाँकी दुई जनाको रिपोर्ट आउँन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

‘दुई जनाको रिपोर्ट हामीलाई अहिले सम्म प्राप्त भएको छैन्। सुरुमा संक्रमित युवकका एक जना परिवारका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फेरी अन्यको परीक्षण गर्नेरनगर्ने विषयमा अहिले नै टुङगो लागेको छैन्।’ 

प्रतिकृया दिनुहोस