कैलालीको लम्कीचुहा नगर क्षेत्र भित्र राहात बितरण कार्यक्रम स्थगित

शनिबार, २२ चैत २०७६    Capital Live News



कैलालीको लम्कीचुहा नगर क्षेत्र भित्र राहात बितरण कार्यक्रम स्थगित

लम्की, चैत २२ । 
कैलालीको लम्कीचुहा लम्कीचुहा नगरपालिका क्षेत्र भित्र राहात बितरण कार्य तत्कालकालागी स्थगित गरेको छ ।

नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै नगरबासिलाई संयमता अपनाउन नगरपालिकाले आग्रह गरेको छ । आज एक विज्ञाप्ती जारी गदै लम्कीचुहा नगरपालिकाको १८ गते को कार्यापालिकाको बैठकले गरेको राहात वितरण कार्यक्रम पनी तत्कालका लागि स्थगित गरेको जनाएको छ ।

 

नगरपालिकाले चैत्र २१  र २२ गते गरी २ दिनमा वडा नम्बर ४ को कौवापुर र चौरीपुर वडा नम्बर ३ को बलचौरमा गरी करीब ८ सय घरपरिवारलाई राहात वितरण गरी सकेको अवस्थामा कोरोनाको जोखिम नगर क्षेत्रमा बढे संगै तत्कालको लागि राहात वितरण स्थगित भएको विज्ञाप्तीमा उल्लेख छ ।

विश्वब्यापि महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देश पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पछिल्लो अवस्थामा लम्कीचुहा नगरपालिका समेत कोरोना भाइरसको उच्च जोखिम देखिएकाले यो परिस्थीतिमा नगरवासिले लकडाउनको पुर्णरुपमा पालना गर्न अनुरोध समेत गरेको छ । नगर बासिमा जथाभावि घरबाहिर ननिस्कन, गाउँघरमा टोलमा भिड्भाड समेत नगर्न आग्रह गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस