नेपाली महिलाले भारतीय क्वारेन्टाईनमै जन्माइन बच्चा

नाका बन्द हुदा कस्तो बिजोग ?

शनिबार, २२ चैत २०७६    क्यापीटल संवाददाता



नेपाली महिलाले भारतीय क्वारेन्टाईनमै जन्माइन बच्चा

धनगढी, चैत २२ ।

सिमा नाका बन्द हुदा एक नेपाली महिलाले भारतिय क्वारेन्टाईनमै बच्चालाई जन्म दिएकी छिन् । भारतको उत्तर प्रदेश स्थित राजकीय आश्रम पद्धति इन्टर कलेजको जिल्ला महिला चिकित्सालय रामपुरमा बच्चाको जन्म भएको हो ।

 

उक्त आश्रममा बिगत ५ दिन देखि ९२ जना नेपाली नागरीक बस्दैआएका छन् । क्वारेन्टाईनमा खान बस्नको राम्रो व्यवस्था भएको सोही क्वारेन्टाईनमा बस्दै आएका शिव रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार सोही समुहमा बस्दै आएका जिवा दाहाल की धर्मपत्नि हर्का देवि दाहालले जिल्ला महिला चिकित्सालय रामपुरमा शुक्रबार बच्चा पाएकी हुन ।

अहिले आमा र बच्चा दुबै को स्वास्थ्य अवस्था सामान्य रहेको छ भने आज बच्चा र आमा दुवैलाई चिकित्सालय बाट क्वारेन्टाइनमै पठाउने तयारी भईरहेको छ ।

प्रतिकृया दिनुहोस