पोखरामा पोजेटिभ देखिएको रिपोर्ट काठमान्डौमा नेगेटिभ

शुक्रबार, २१ चैत २०७६    क्यापीटल संवाददाता



पोखरामा पोजेटिभ देखिएको रिपोर्ट काठमान्डौमा नेगेटिभ

काठमान्डौ, चैत्र २१ । 
पोखरामा एकजना व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएकोमा सोही रिपोर्ट काठमान्डौमा दोस्रो परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा भारतबाट फर्किएका एकजनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो ।

सोहि व्यक्तिको स्वाब थप परिक्षणका लागि काठमान्डौ पठाएर दोस्रो परिक्षण गर्दा नेगेटिभ आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस