कोरोनाको मौका छोपि कृष्णपुर नगरपालिकाले गर्यो ५० लाख बराबरको गाडी खरिद

मङ्गलबार, १८ चैत २०७६    क्यापीटल संवाददाता



कोरोनाको मौका छोपि कृष्णपुर नगरपालिकाले गर्यो ५० लाख  बराबरको गाडी खरिद

कञ्चनपुर, चैत्र १८ । 
देशैभरी देखिएको संकटको समयकाबिच कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिका लागि गाडी खरिद गरेको छ । 

 

 

जिल्लाको कृष्णपुर नगरपालिकाले ३ दिन पहिला प्रदेश ३ ०१०२३ च. १५५६ नम्बरको झण्डै ५० लाख  बराबरको गाडी खरिद गरेको स्रोतले जानकारी दिएको छ । 

जताततै कोरोना भाइरसको त्रास छाएको छ, जनता भोकमरीको चपेटामा पर्दै गएका छन् तर कृष्णपुर नगरपालिकाले जनताको मर्कालाई बेवास्ता गर्दै स्वार्थपुर्तिका लागि गाडी खरिद गरेको भन्दे स्थानियले विरोध जनाएका छन् । 

खरिद गरिएको उक्त गाडीको सरकारी नम्बर भने नआएको स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस