सिमानाका बन्द हुँदा पौडी खेल्दै दार्चुला पुगे एक युवक

सोमबार, १७ चैत २०७६    क्यापीटल संवाददाता



सिमानाका बन्द हुँदा पौडी खेल्दै दार्चुला पुगे एक युवक

दार्चुला, चैत्र १७ । 
तीन दिन देखी भारतको धारचुलामा रहेका नेपाली कामदार सिमानाका नखोलिएपछी माहाकाली नदिमा पौडी खेल्दै नपाल प्रवेश गर्न थालेका छन् । 

सोमबार बैतडी जिल्ला डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्र राज खत्री महाकालीमा पौडी नेपाल आएका हुन् । उनी भारतको रीमामा मजदुरी गरि घर फर्किदा नेपाल लकडाउन तथा सीमा क्षेत्र बन्दका कारण भारतको धारचुलामा तीन दिन देखी अलपत्र अवस्थामा रहेका थिए ।

पौडी खेल्दै नेपाल प्रवेश गरेका उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ । उनि भन्छन्, "सिमानाका खोल्न र अलपत्र परेका नेपाली नागरिकलाई नेपाल प्रवेशका लागि आग्रह गर्न पौडी खेलेर नेपाल आएको हुँ ।" आफूहरुको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उहाको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस